रोटरी क्लब अफ हेटौंडा, एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो, जसले सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ । रोटरी क्लबका सदस्यहरूले रोटरीवादको मूल आदर्शलाई मन, बचन र कर्मले मनन गरी समाजमा विभिन्न रचनात्मक मानविय हितका लागि सेवामुलक कार्यहरू सञ्चालन गर्दछ । यसै मर्म अन्तर्गत क्लबले आप्mनै जग्गा खरिद गरि भवन निर्माण गरिरहेको छ ।

जग्गा खरिद
क्लवले अग्रजहरुद्वारा बिभिन्न समाजिक कृयाकलापवाट संकलित रकम र आर्थिक सहयोगवाट पुर्व अध्यक्ष रो. ओम गोर्खालीज्युको संयोजकत्वमा पुर्व अध्यक्ष रो. गोपाल भक्त श्रेष्ठज्यु र पुर्व अध्यक्ष रो. विजय कुमार वैध ज्यूको संयुक्त प्रयासवाट मिति २०७२ जेष्ठ ३ गते रु. ५०,००,०००।– (पचास लाख मात्र ।) मा हुप्रा चौर, हेटौंडा–४ मा कित्ता नं. २९६६ रहेको १५ धुर जग्गा खरिद गरिएको थियो ।

भवन निर्माण इजाजत पत्र
क्लबको सचिवालय व्यवस्थापन र दीगो विकास तथा आत्मनिर्भरताकोलागी उक्त जग्गामा भवन निर्माण गर्ने उद्देश्यका साथ रो. रवि रेग्मीज्यू को निशुल्क प्राविधिक सहयोगमा सर्वे, डिजाईन, विश्लेषण, मुल्याङ्कन, लागत र नक्सा वनाउने कार्य सम्पन्न गरियो । भवन निर्माणकोलागी अध्यक्ष रो.इन्द्र प्रसाद नेपालज्यु र उपाध्यक्ष रो. राम प्रसाद शर्माज्युको प्रयासले हेटौंडा उपमहानगरपालिकावाट २०७५ आषाढ २८ गते भवन निर्माण इजाजत पत्र प्राप्त गर्नु भयको थियो ।

भवन शिलन्यास
पुर्व अध्यक्ष रो. मदन अधिकारीको कार्यकालमा क्लवको रजत जयन्ती वर्ष २०१६–१७ मा २५औं वर्षगाठ १३ मे २०१७ तारिखको दिन क्लवको चार्टड डे मा नेपाल राष्ट्र बैकका गभर्नर श्री चिरिञ्जीवी नेपालद्धारा सम्पुर्ण सदस्यज्यूहरुको उपस्थितीमा भवन निर्माण शिलन्यास सम्पन्न गरियो ।

भवन निर्माण
रोटरी वर्ष २०१८–१९ का पुर्व अध्यक्ष रो. लेखराज पोखरेलज्युको प्रयास र संयोजक पूर्व अध्यक्ष रो. ओम गोर्खालीज्युको नेतृत्वमा भवन निमार्ण कार्य प्रारम्भ भयको हो । भवन निर्माण क्रममा २०७५ सालको डरलाग्दो वर्षाले शुरुवातकै चरणमा निर्माणकोकामहरु अवरुद्ध हुन पुगेको थियो ।

लिफ्ट सहित ५ तल्ला निर्माण गर्ने लक्ष्य सहित १५४५ वर्गफिट जग्गामा निर्माण भएको यस भवन, कार्यालयहरु र व्यवसायिक प्रयोजनकालागी भाडामा दिन सकिने रहेको छ ।

कोरोना (कोभिड–१९) को माहामारीले विश्वलाई नै असर पारिरहेको समयमा भवन निर्माणको कामहरु पनि अवरुद्ध हुदै आईरहेको थियो । यद्यपि फेरी पनि हामिले भवन निर्माण कार्य सम्पन्न गरि सकेका छौ ।

आर्थिक स्रोत र सहयोग
अग्रजहरुद्वारा जुटाइएको रकमवाट निर्माण प्रारम्भ गरियको यस भवनकालागी सम्पुर्ण रोटरियन सदस्ज्युहरुवाट पटक पटक नगद सहयोग निरन्तर रुपमा प्राप्त गरिरहयौं । क्लवका पुर्व अध्यक्ष, मेयर, रो. हरिबहादुर महतज्यूको सकिृयतामा उपमहानगरपालिकाबाट पटक पटक निमार्ण सामाग्रीहरु प्राप्त भएको र साथै अध्यक्ष रो. ईन्द्र प्रसाद नेपालज्युको पहलमा हेटौंडा उपमहानगरपालिकावाट रु. ५,००,०००।– नगद सहयोग स्वरुप प्राप्त गरेका थियौं । साथै २०१९–२० का एजि रो. शुलोचना सिग्देलज्युवाट नगद रु. १५,०००।– भवन निर्माणकोलागी सहयोग स्वरुप प्रदान गर्नु भयको थियो ।

यस भवन निर्माण सम्पन्न गर्न हाल सम्ममा लगभग १,४६,००,००० ।–(रु. एक करोड छयालिस लाख खर्च भैसकेको छ ।

सचिवालय
क्लवको आफ्नै नियमित कार्यलय नभयको र भवन निर्माण संचालनकोलागी पनि भाडामा वस्दै आइरहेका हुदा २०७६ श्रावण देखि निर्माणधिन भवनमा सचिवलाय सारिएको र क्लवको सम्पुर्ण कार्यहरु यहि भवनवाट सुचारु भैरहेको छ ।

रोटरी क्लब अफ हेटौंडाको पाँच तले भवनको उद्धघाटन
२०७८ साल चैत्र १२ गते रोटरी क्लव अफ हेटौंडाको नवनिर्मित भवनको डिस्ट्र्रिक्ट गभर्नर रो. सन्तोष रिजालज्यूको समुपस्थितीमा हेटौंडा उपमहानगरपालिका नगरप्रमुख रोटरीयन हरिबहादुर महतज्यूवाट समुदघाटन सुसम्पनन भयो ।

सस्थाको भवन निर्माण गर्न सहयोग गर्नुहुने पुर्व अध्यक्षज्यूहरु, सदस्यज्यूहरु, निर्माण समितिका पदाधिकारीज्यूहरु, प्राविधिकज्यूहरु, ठैकेदारज्यूहरु, कामदारज्यूहरु र आपुर्तिकर्ताज्यूहरुको निरन्तर सल्लाह, सुझाब र सहयोगद्धारा नै आज हामिले यहां सम्म निर्माण कार्यगर्न सफल भयका छौं । यसकोलागी सम्पुर्ण सदस्यज्यूहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ साथै निरन्तर सहयोग, सल्लाह र सुझावको अपेक्षा गरेकाछौ । धन्यवाद ।