हेटौँडा, २१ असार/रोटरी क्लब अफ हेटौँडाको २८ औँ पदस्थापना कार्यक्रम भएको छ । रोटरी वर्ष २०१९-२० का लागि अध्यक्षमा निर्वाचित ईन्द्रप्रसाद नेपाललाई कार्यक्रममा पदस्थापन गराइएको थियो ।

इर्लिङ्गसहितको कम्प्युटर शुक्रबार हेटौँडामा आयोजित कार्यक्रममा मकवानपुरको मनहरी गाउँपालिका प्रतापपुरस्थित बालज्योति आधारभूत विद्यालयलाई हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले हस्तान्तरण गर्नुभयो ।

नगर प्रमुख महतले हेटौँडा अस्पतालमा मिर्गौला डायलासिस उपकरण जडानको क्रममा रहेको जानकारी दिंदै हेटौँडाको स्वास्थ्य क्षेत्रको विकासमा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गनुभयो ।

वर्ष २०१८-१९ का अध्यक्ष लेखराज पोखरेले आफ्नो कार्यकालको प्रगति विवरण पेस गर्नु भएको कार्यक्रममा वर्ष २०१९-२० का अध्यक्ष नेपालले शिक्षा, स्वास्थ्य, विपन्न समुदायको आयआर्जन र सामुदायिक विकासका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति एवं रोटरी ४५६ क्षेत्रका सचिव आइपी ढकाल, रोटरी क्लब अफ हेटौँडाका पूर्व अध्यक्ष सिद्धिलाल श्रेष्ठ, रोटरी क्लब मकवानपुरका अध्यक्ष रामेश्वर श्रेष्ठ र पूर्व अध्यक्ष पुरनबहादुर जोशीले रोटरीले विपन्न समुदायलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष नेपालले वर्ष २०१९-२० का लागि उपाध्यक्षमा रामप्रसाद शर्मा, सुयशराज पराजुली, सचिव प्रमेश प्रधान, कोषाध्यक्ष ध्रुबराज पराजुली, सहसचिव उमा रौनियार, सहकोषाध्यक्ष दुर्गाबहादुर विष्ट, शाखा सम्पादक नवराज पुडासैनीलगायतका पदाधिकारी रहेको घोषणा गर्नुभयो ।

यस्तै रोटरी क्लब हेटौँडाको वर्ष २०१९-२० को बोर्डमा धिरजकुमार कार्की, उज्वल शर्मा भण्डारी, अच्युतानन्द शुक्ला, अर्जुन सुवेदी, रवि रेग्मी, विजयकुमार वैद्य, सिद्धिलाल श्रेष्ठ, हरिबंश भेटवाल, स्वागतराज प्याकुरेल र किशोर पराजुली रहनुभएको छ ।