हेटौंडा । रोटरी क्लब अफ हेटौंडा र रोट्रयाक्ट क्लब अफ हेटौंडाको पदस्थापना कार्यक्रम भएको छ । रोटरी क्लबको ३१ औं पदस्थापना र रोट्रयाक्ट क्लबको ७ औं पदस्थापना कार्यक्रम भएको हो । रोटरी क्लबको २०२२–०२३ को अध्यक्षमा शुयसराज पराजुलीको पदस्थापना गरिएको छ ।
त्यसैगरी रोट्रयाक्ट क्लब अफ हेटौंडाको २०२२–०२३ को अध्यक्षमा मिलन ढकालको पदस्थापना गरिएको हो । रोटरीका निवर्तमान अध्यक्ष रामप्रसाद शर्माले बर्तमान अध्यक्ष पराजुली र रोट्रयाक्टका निवर्तमान अध्यक्ष रवि पौडेलले बर्तमान अध्यक्ष ढकाललाई पद हस्तान्तरण गर्नुभयो ।
रोटरी र रोट्रयाक्टको सबै कार्यसमितिलाई सपथग्रहण समेत गराइएको छ । पदस्थापना पछीको नयाँ कार्यसमितिले बर्षभरी गरिने कामका विषयमा कार्यक्रममा जानकारी समेत गराएको छ ।
कार्यक्रमका प्रमुख अतिथी रोटरिएन अष्ट्रेलियन गभर्नर शुरेससेन ठकुरीले नयाँ कार्यसमितिले सामाजिक क्षेत्रमा क्रियाििशल भएका काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, रोटरी क्लब अफ हेटौंडाका पूर्व अध्यक्ष शिद्धिलाल श्रेष्ठ लगायतकाले मन्तब्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा रोटरी क्लबका पूर्व अध्यक्षहरु, क्लबका सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन रोटरी क्लब अफ हेटौंडाका सचिब अर्पण सञ्जेलले गर्नु भएको थियो । रोटरी क्लबको पदस्थापनको अवसरमा हेडम्बा शीर्षकको वार्षिक पत्रिका समेत विमोचन गरिएको थियो ।