रोटरी कल्ब अफ हेटौंडाको आयोजनामा हेटौंडा अद्योगिक क्षेत्र भित्र कमान गेट देखि खानेपानी ट्याङ्की हुदै उद्योग संघको कार्यालय सम्म सडकको दायाँ बायाँ २०० (दुई सय) थान तेजपत्ताको विरुवा रोपन कार्य सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख श्री हरि बहादुर महत ज्यूको प्रमुख आतिथ्यता, कल्बका अध्यक्ष इन्द्र प्रसाद नेपालूको अध्यक्षतामा सम्पन्न विक्षारोपण कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, सिद्धार्थ बैक लि. का शाखा प्रबन्धक अर्पण संजेलज्यूले मन्तव्य र निवर्तमान अध्यक्ष लेख राज पोखरेलज्यूले स्वागत सहित कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन क्लबका सचिव रोटरीयन प्रमेश प्रधानले गर्नु भएको थियो ।

रोटरीयन नवराज पुडासैनी ज्यूको संयोजकत्वमा भएको वृक्षारोपण कार्यक्रमका लागि सिद्धार्थ बैक लिमिटेड, सि एस आई नेपाल र खजुरीको नेपालले आर्थिक सहयोग र उद्योग संघ मकवानपुर र हेटौंडा अद्यौगिक क्षेत्र व्यवस्थापन कार्यालयले प्राविधिक सहयोग गर्नु भएको थियो । कार्यक्रममा हेटौंडा वडा नं. ८ का वडा अध्यक्ष गोपाल बाहादुर श्रोष्ठ, औद्योगिक क्षेत्रमा रहेको शसस्त्र प्रहरी वलका गुल्मपति विनोद खतिवडा लयागत प्रहरी वल का अन्य महानुभावहरु, रोटरीयन, रोट्रायाक्टरहरु, बैकर्स तथा सिद्धार्थ बैकका कर्मचारीहरु, हेटौंडा औद्योगिक क्षेत्रका उद्योग पति तथा मजदुरहरुको उपस्थिती रहेको थियो ।